जनता टाइम्स

२२ माघ २०७६, बुधबार ०८:३२

चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना भाइरसको संक्रमण छैन : चिनियाँ राजदूत होउ यान्छी


काठमाडौं, माघ २२ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित हुनका साथै कसैमा पनि संक्रमण नभएको बताउनु भएको छ । सञ्चार माध्यमहरूका लागि अन्तर्वाताका रुपमा दूताबासबाट उपलब्ध सामग्रीमा राजदूत होउले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण तथा रोकथामका लागि चीनको प्रयासप्रति धेरै नेपाली जनता र सञ्चार माध्यमले निष्पक्ष, औचित्यपूर्ण र शान्त व्यबहार प्रस्तुत गरेको बताउनु भएको छ ।
नेपालीको ब्यवहारबाट सो प्रकोपसँगको लडाइँमा चीनप्रति नेपालको विश्वास र समर्थन स्पष्ट भएको भन्दै त्यसबाट आफूहरू उत्साहित हुनुका साथै आभारी भएको पनि उहाँले बताउनु भएको छ ।

साथै चीन रहेका नेपालीहरुलाई उद्धार गर्ने विषयको केही सूचनाहरू आफूले पाएको उल्लेख गर्दै राजदूत होउले चिनियाँ पक्षले आवश्यक अनुरोधहरूलाई प्राथमिकता दिइरहेको र कुनतीतिक माध्यमबाट नेपाली अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनु भएको छ । उहाँले अर्को प्रश्नका जवाफमा यस किसिमको प्रकोपको नियन्त्रण गर्ने दायित्व सबै मुलुुकको भएको उल्लेख गर्दै यदि चीनबाट नेपालीहरूको उद्धार गर्न नेपालले चहान्छ भने विशेष गरी विमानस्थलमा गरिने जाँच तथा प्रकोपको रोगथामा र नियन्त्रणमा नेपालका सम्बन्धित निकायहरूपूर्ण रुपमा तयरा हुनु पर्छ भन्ने आफ्नो सुझाव रहेको बताउँदै उहाँले प्रकोप रोकथामका लागि नेपालले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत सल्लाह लिन आग्रह गर्नुभयो ।

साथै अर्को एक प्रशंगमा राजदूत होउले हुबे प्रान्तका अधिकारीहरूले त्यहाँ रहेका नेपालीहरूका लागि आवश्यक आधारभूत वस्तुहरू उपलब्ध गराइ रहेको उल्लेख गदै यस किसिमको प्रकोप नियन्त्रणका क्रममा कसैले दैनिक जीवनमा केही बन्देज लगाइनु स्वभाविक र समान्य कुरा भएको बताउनु भएको छ ।