जनता टाइम्स

२८ माघ २०७६, मंगलवार १७:०९

डिआइजी ठाकुर ज्ञवाली आइजीपी नियुक्त


काठमाडौं, माघ २८ । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त हुनुभएको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले प्रदेश १ मा कार्यरत प्रहरी नायव महानिरीक्षक ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञवाली नेपाल प्रहरीभित्र इमान्दार र ब्यवसायिक प्रहरी अधिकृतका रुपमा परिचित हुनुहुन्छ । २०७५ असोज २८ गते डिआइजीमा बढुवा हुनुभएका ज्ञवाली डिआइजीमा पहिलो नम्बरमा हुनुहुन्थ्यो । उहाँकै ब्याजी तारणीप्रसाद लम्साल दोस्रो र सूर्यप्रसाद उपाध्याय सातौं नम्बरमा हुनुहुन्थ्यो । सरकारले कामको आधारमा ज्ञवालीलाई आइजीपी बनाउने निर्णय गरेको हो ।

आइजीपी सर्वेन्द्र खनाल आजबाट अनिवार्य अवकाशमा जानुभएपछि भोलिबाट लागू हुने गरी सरकारले ज्ञवालीलाई आइजीपी नियुक्त गरेको हो ।