जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार १०:२४

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै


काठमाडौं, चैत १६

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री कार्यालय सिहदरबारमा अपरान्ह एक बजे बोलाइएको बैठकले पछिल्लो अवस्थाका बारेमा छलफल गर्नेछ ।

सरकारले लगाएको लक डाउन मंगलबार विहान ६ बजे सकिने भएपछि यसविषयमा थप निर्णय गर्ने बताइएको छ । यसैगरी चीनबाट आएको स्वास्थ्य सामाग्री सातै प्रदेशमा कसरी बाढ्ने र कोरोना भाइरसको परिक्षण ल्याब प्रदेशमा कसरी संचालनमा ल्याउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।