जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार २१:४२

एक महिनाको भाडा नलिन घरबेटीसँग सरकारको अनुरोध


काठमाडौं, चैत १६

सरकारले एक महिनाको घर भाडा नलिन घरबेटीहरुसँग अनुरोध गरेको छ । देशमा संकट परेकाले भाडा नलिई सहयोग गर्न अनुरोध गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि देशको आर्थिक गतिविधि ठप्प रहेका बेला एक महिनाको भाडा नलिन अनुरोध गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खडिवडाले भन्नुभयो, ‘मन्त्रिपरिषद्को बैठकले एक महिनाको भाडा नलिन घरधनीहरुलाई अपिल गर्ने निर्णय गरेको छ । यसवापत सरकारले घरधनीहरुसँग घरबाहल कर नलिने पनि निर्णय लिएको छ ।’