जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार २१:४५

इन्टरनेटमा २५ प्रतिशत छुट दिन निर्देशन


काठमाडौँ, चैत १६

लकडाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट दिन सरकारले टेलिकम सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

यस्तै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।