जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार २२:०१

ज्यालादारी मजदुरलाई कोषबाट स्थानीय तहले राहत वितरण गर्नुपर्ने


काठमाडौं, चैत १६

सरकारले दैनिक ज्यालादारी मजदुरहरूलाई राहत उपलब्ध गराउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहले त्यस्ता व्यक्ति पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

यसका लागि दैनिक ज्यालादारी मजदुरहरूले आफ्नो परिचय सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने छ । स्थानीय तहले त्यस्ता परिवारको लगत लिएर कोष खडा गर्ने र उक्त कोषबाट राहत वितरण गर्ने भनिएको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले खडा गरिएको कोषमा रकम अपुग भए सरकारले आफ्नो कोषबाट पनि रकम उपलब्ध गराउने बताउनु भयो ।

स्थानीय तहले राहत दिँदा दैनिक खाद्य आवश्यकता पुग्ने गरी राहत उपलब्ध गराउनुपर्ने छ । त्यस्तै, गर्भवती महिला, अपंगता भएका, दीर्घरोगी र टुहुरा बालबालिकाको विशेष हेरचाह गर्ने पनि बैठकले निर्णय गरेको छ ।