जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार २२:१३

मंहगो गाडी, मदिरा, मरिच र छोकडा आयातमा रोक


काठमाडौं, चैत १६

सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो ।

यस्तै, मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक लगाउने निर्णय गरेको छ । मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । उहाले अर्को निर्णय नभएसम्म यी वस्तुको आयातमा रोक लगाउने निर्णय भएको जानकारी दिनुभयो ।