जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार १२:३३

सरकारबिरुद्ध माफिया ग्रूपले रचेको त्यो षडयन्त्र


काठमाडौं, चैत १७ । बिश्वब्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको प्रभावकारी कदमबाट धेरै आत्तिएको पाइएको छ । खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कार्यकर्ता सरकारले जनता बचाउन गरेको प्रभावकारी कामबाट जलेको पाइएको छ ।

कोरोना भाइरसबारेको हरेक अफवाहमा कांग्रेसकै नेता कार्यकर्ताको संलग्नता रहनु र स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि लुट मच्चाएको समुहको नेतृत्व कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा आफै लागेपछि यो तथ्य बाहिर आएको हो । बिश्वभर कोरोनाले आतंक फैलाइरहँदा नेपालमा आवश्यक सतर्कता र सरकारको प्रभावकारी कदमकै कारण कोरोनाले कसैको ज्यान गएको छैन । कोरोना रोक्नका लागि सरकारले चालेको यस प्रयाशमा डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी र आम नागरिकले साथ दिएपछि आफ्नो राजनीतिक भविश्य सकिने भयो भन्दै कोरोनाबिरुद्धको अभियानमा २४ सै घण्टा लागेका मन्त्रीहरुमाथि आक्रमण सुरु भएको छ मिडियामार्फत ।

यो कामको नेतृत्व पूर्वस्वास्थ्यमन्त्री गगन थापाले नै गर्नुभएको छ । हरेक ब्यापारीसँग नाजायज सम्बन्ध राख्नुभएका थापाले आफ्नो एजेण्टमार्फत कोरोनाका लागि आवश्यक सामाग्री खरिद गर्ने योजना बनाउनु भएको थियो । थापाले करिव १५ दिनको समय दिएर आफूलाई कमिशन बुझाउने ६ जना ब्यापारीमार्फत स्वास्थ्य सामाग्री ल्याउन चाहेको तर सरकारले स्थिति भडकिन नदिन तत्कालै ल्याएर नागरिकलाई सुरक्षित राख्ने काम गरेपछि त्यो समुह सरकारबिरुद्ध खनिएको हो ।

स्रोतका अनुसार थापासहितका कांग्रेसका केही युवा नेताहरु अहिले कोरोनाबाट भकाभक नेपाली मरोस र सरकार असफल भयो भन्न पाइयोस भन्ने अभियानमा छन । त्यसैका लागि स्वास्थ्य सामाग्री अभाव देखाएर चिकित्क भडकाउने, स्वास्थ्यकर्मी भडकाउने र उपचार नगर्ने बातावरण बनाई मुलुकमा कोरोनाको महामारी फैलियोस भन्ने योजनासहित उनीहरु मन्त्रीहरुबिरुद्ध खनिएका छन । नीजि अस्पतालले कोरोनाबिरुद्धको अभियानमा साथ नदिएपछि कार्वाहीको तयारी अघि बढन साथ स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भन्दै त्यो समुहले अफवाह फैलाइरहेको छ । अफवाह फैलाएर सरकारको प्रभावकारी योजनाकै कारण कोरोना महामारी नेपालमा नियन्त्रणमा आउने भयो भन्ने त्रासले सो समुह देशबिरुद्धको अभियानमा लागेको छ ।

त्यसो त यो अफवाह फैलाउने अभियानमा गगन थापाकै लगानी रहेको अनलाइन सवैभन्दा अग्रपंत्तिःमा उभिएको छ । सरकार कोरोना रोक्न सफल नहोस भन्ने योजनासहित उनीहरुले सुरुमा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालमाथि आक्रमण गरे । अर्यालमाथिको प्रहार पानीको फोका झै फटेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि आक्रमण गरे । त्यसलगत्तै पर्यटनमन्त्री योगेश भट्टराईमाथि आक्रमण गरे । यस्तै अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडामाथि प्रहार गरे ।

कोरोना रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा यिनै तीन मन्त्रीलाई फिल्डमा बिशेष भुमिका दिएर खटाउनु भएको छ । सुरक्षाकर्मीले सरकारको यो अभियानलाई साथ दिएर चौबिसै घण्टा खटिरहेका छन ।