जनता टाइम्स

१८ चैत्र २०७६, मंगलवार १३:१६

२०७७ सालमा यस्ता छन् विदा (सम्पूर्ण सूचिसहित)


काठमाडौं, चैत १८

सरकारले नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ । सचिव महेश्वर न्यौपानेले जारी गरेको पत्रमा ५२ शनिबार बिदा उल्लेख छ भने पर्व, जयन्तीलगायतमा बिदा दिने उल्लेख छ ।

नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ । यस्तै महाशिवरात्री फागुन २७, पहाडी जिल्लामा होली चैत १५, तराई जिल्लामा होली चैत १६ मा बिदा हुनेछ । धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि पनि सार्वजनिक बिदा दिने उल्लेख छ ।

हरितालिका तिजको अबसरमा भदौ ५ गते महिला कर्मचारीलाई मात्र बिदा छ । जितिया पर्व मनाउनेका लागि भदौ २५ गते बिदा छ । फागुन ४ गते बसन्त पञ्चमीका दिन शिक्षण संस्थामा बिदा दिइएको छ । काठमाडौं उपत्यकालाई मात्र दिएको बिदामा गाईजात्रा साउन २० गते, इन्द्रजात्रा भदौ १६ गते, घोडेजात्रा चैत २९ गते र मत्स्येन्द्रनाथको भोटो देखाउने दिन दिइएको छ ।

दशैंका लागि कात्तिक ७ देखि ११ सम्म बिदा दिइएको छ । फूलपातीदेखि एकादशीसम्म बिदा दिइएको हो । कात्तिक २९ गते लक्ष्मीपूजा पूजा, कात्तिक ३० गते म्हपूजा र मंसीर १ गते भाइटीकामा बिदा छ ।

सरकाले विभिन्न दिवसमा बिदा दिने निर्णय गरेको छ । वैशाख १९ गते मजदुर दिवस, संविधान दिवस असोज ३ गते बिदा छ भने फागुन २४ गते महिला दिवसमा महिलालाई मात्रै बिदा छ । यस्तै अपांगता भएका कर्मचारीलाई मंसीर १८ गते बिदा छ । दिवसको अबसरमा बुद्ध जन्यन्तीमा वैशाख २५ गते बिदा दिइएको छ ।

बिदाको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्