जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार १८:१८

ओरेकले मनोविमर्शकर्तामार्फत सेवा प्रदान गर्दै


काठमाडौं, चैत १९

महिला पुनस्थार्पना केन्द्र (ओरेक)ले विषम परिस्थितिमा मनोविमर्शकर्तामार्फत सेवा दिईरहेको उल्लेख गरेको छ ।

२९ औं वर्ष पुरा भई ३० औं वर्षमा प्रवेश गरेको अवसरमा आज एक विज्ञप्ती निकाल्दै ओरेकले कोरोना भाइरसको कारण मानसिक रुपमा सबै नै प्रभावित र जोखिपूर्ण अवस्थामा रहेको उल्लेख गरेको छ । ‘बढि जोखिममा भने महिला बालिका, किशोरी, अपांगता भएका व्यक्तिहरु र बृद्धबृद्धाहरु देखिन्छन् । त्यसमा पनि अझ बढि मजदुरी गरेर जीवन गुजारा गर्ने समुदाय संकटको अवस्थामा रहेको छ’, विज्ञप्तीमा अगाडी भनिएको छ,‘हाल संस्थाले यस संकटको अवस्थामा कोरोना भाईरसको भयले व्यक्तिहरुमा आएको मानसिक तनाव र त्यसको असरलाई कम गर्नको लागि टेलिफोन मार्फत मनोसामाजिक बिमर्श सेवा दिनको लागि २८ जना मनोबिमर्शकर्ताहरु मार्फत सेवा प्रदान भइरहेको छ ।’

संस्थाका कार्यक्षेत्रहरुमा कोरोना भाइरसबाट सुरक्षित रहने उपाय र स्ववहेरचाहका बारेमा सुचना प्रवाह भईरहेको जनाएको छ । साथै संस्थाद्वारा संचालित लैङ्गिक विभेदमा आधारित हिंसाका प्रभावितलाई दिइने सुरक्षाबासका सेवालाई निरन्तरता दिइरहेको उल्लेख गरेको छ ।

२०४७ साल चैत १९ गते स्थापना भएको ओरेक महिलावादी संस्थाको रुपमा नेपालमा स्थापित ओरेक महिलावादी मूल्य, मान्यता तथा सिद्धान्तप्रति प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ । यो सहकार्यमा महिलावादी मान्यता, सिद्धान्त तथा महिलावादी नेतृत्वको स्थापना, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि संस्थाले सहजीकरण तथा नेतृत्वदायी भूमिका खेल्दै आइरहेकोमा यसलाई निरन्तरता दिँदै अभियानरत रहने प्रतिवद्धता समेत जनाउने विज्ञप्तीमा उल्लेख छ ।

संस्थाले निम्नलिखित जिल्ला र मनोविमर्शकर्तामार्फत सेवा प्रदान गरिरहेको छ