जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार १९:३८

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो


काठमाडौं, चैत १९

विश्व बजारमा भाउ घटेपछि पेट्रोलियम पदार्थको मुल्य ह्वात्तै घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको हो ।

निगमको सञ्चालक समितिको बैठकले विहिवारबाट लागुहुनेगरी १०–१० रुपैयाँ घटाउने निर्णय गरेको छ । अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ । सो इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गरिएको छ ।

वाह्य उडानतर्फको हवाई इन्धन प्रतिलिटर ०.९५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ । यसअघिसम्म प्रतिलिटर २ रुपैयाँ घटाउँदै आएको निगमले अहिले भने उच्च दरले घटाएको हो । धेरै मुलुकमा लकडाउनका कारण पेट्रोल, डिजेलको खपत घटेको छ ।