जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार ०८:३७

कोरोनाबाट संक्रमित हुने को संख्या ९ लाख ३५ हजार नाघ्यो ( हेर्नुस् कुन देशमा कस्तो अवस्था कस्तो सूचीसहित)


काठमाडौ,  चैत २० । विश्वभर कोरोना भाइरस ( कोभिड–१९) बाट  हुनेको संख्या ९ लाख ३५ हजार ८ सय पुगेको छ भने मृत्यु हुनेको संख्या ४७ हजार २ सय ४५ पुगेको छ । अहिलेसम्म १ लाख ९४ हजार २ सय ६० जना उपचारपछि घर फर्किएको छन् । पछिल्लो २४ घण्टामा सवैभन्दा बढि संक्रमति र ज्यान गुमाउनेमा अमेरिका रहेको छ ।

अमेरिकामा मा १ हजार बढीले ज्यान गुमाएका छन् भने २६ हजार ४ सय बढी नयाँ संक्रमित फेला परेका हुने। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ हजार १ सय २ पुगेको छ । त्यस्तै एकै दिन २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित देखिएका छन् । योसँग अमेरिकामा २ लाख १५ हजार ३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन् ।
५ हजार ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन २ लाख ६ सय ६२ जना उपचाररत छन् ।

ताजा अपडेट जान्नकोलागि यहाँ थिच्नुहोस