जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार १५:४३

पूर्वमन्त्री बाँस्कोटाको प्रश्न : राष्ट्रपतिले जनताको चासो लिनु नाजायज भए जायज के हो ?


काठमाडौं, चैत २० । पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले जनताको चासो लिनु पनि नाजायज हो भने जायज कुराको परिभाषा के होला भन्दै प्रश्न गर्नुभएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्वमन्त्री बाँस्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस् लेख्दै त्यस्तो प्रश्न गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाले आक्रान्त बनाएको अमेरीका र अष्ट्रेलियामा रहेका नेपालीहरूको बारेमा चासो व्यक्त गरेपछि नेकपाकै नेतृ रामकुमारी झाँक्रीले आक्रोश पोख्नुभएको थियो । नेपालीलाई सुरक्षित रहन राष्ट्रपतिले चासो लिँदा झाँक्री रिसाएपछि सामाजिक सञ्जालमा चर्काे आलोचना भएको थियो । यही बिषयमा नेता बाँस्कोटाले पनि झाँक्रीको नामै नलिई जवाफ फर्काउनु भएको हो ।

‘देशको राष्ट्रपतिले जनताको चासो लिनु पनि नाजायज हो भने जायज कुराको परिभाषा कस्तो हुन्छ होला ? हुन त मेरो यही कुरा नै कतिपय मेरा परममित्रहरूलाई दिनभरको गरम मसला बन्ला । तर पनि मनको कुरा भनेको नि,’ पूर्वमन्त्री बाँस्कोटाले लेख्नुभएको छ ।