जनता टाइम्स

२३ चैत्र २०७६, आईतवार ०७:११

विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, २ लाख ४६ हजार ३८३ जना उपचारपछि निको


 

काठमाडौं, चैत २३ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख १ हजार ४ सय ७४ नाघेको छ ।

यो समाचार तयार गर्दा सम्म एकैदिन ५ हजार ५१७ जनाले ज्यान गुमाएसँगै मृत्यु भएको छ भने मृत्यको संख्या संख्या ६४ हजार ६ सय ९१ पुगेको छ ।

एकै दिन ८३ हजार ७१० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ४७४ पुगेको छ । संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारपछि निको भएका छन् । हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख ११ हजार भन्दा बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ८ हजार ४ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने १ लाख २४ हजार बढी संक्रमित भएका छन् ।