जनता टाइम्स

२३ चैत्र २०७६, आईतवार १७:५५

केपी ओलीको बिकल्प केपी ओली मात्र हुन, जारी दौडधुप कोरोनाबाट बच्न मात्र काम लाग्छ : बाँस्कोटा


काठमाडौं, चैत २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा अरू कोही नहुने र नरहेको ठोकुवा गर्नुभएको छ । पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा आज आफ्नो धारणा राख्दै यस्तो ठोकुवा गर्नुभएको हो ।

“डिजिटल लोकराज्यका अज्ञात नागरिकका नाममा भन्दै कडा ब्यंग्यसहित बाँस्कोटाले लेख्नुभएको छ, (कान तातेमा र आंखा तिरमिराएमा आंखा लडाउनु हुन) सबिनय अनुरोध गर्दै केपी ओलीको बिकल्प केपी ओली मात्र हुन भन्छु । कोही कसैका लागि अहिले जारी दौडधुप कोरोनाबाट बच्न मात्र काम लाग्छ। चीन हेरौं न राजनितिक स्थिरताले कति दरो राज्य प्रणाली बन्छ।” पूर्वमन्त्री बाँस्कोटाको यो भनाई पार्टीभित्रै लक्षित रहेको छ ।