जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार ०६:२५

कोभिड–१९ : विश्वभर एकैदिनमा ४२ हजार ८ संक्रमित, २ लाख ६१ हजार ४८५ जना उपचारपछि घर फिर्ता


काठमाडौं चैत २४ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस () एकै दिन ४२ हजार ८ सय ६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ८ ७५ पुगेको छ । संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् भने विश्वभर कोरोनबाट ज्यान गुमाउनेको संख्या आज विहान ६ बजे सम्म ६९ हजार ४ सय १८ पुगेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६सय १० पुगेको छ ।

अमेरिकामा एकैदिन २५ हजार ९७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३२७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १७ हजार १९३ जना उपचारपछि निको भएका छन् । ८ हजार ७०२ जनाको अवस्था गम्भीर रहेको

जनाइएको छ भने ३ लाख ९ हजार ४४७ जना उपचाररत छन् ।