जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार ०६:३९

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कम्जोर आईसीयूुमा सारियो


काठमाडौं, चैत २५ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको बीबीसीले जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसनलाई सोमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए । अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।