जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार ०६:४५

प्रधानमन्त्री ओली र युएईका युवराजबीच फोनवार्ता, नेपालीको स्वास्थ्य अवस्थाबारे चासो ब्यक्त


काठमाडौं, चैत २५ । नेपाली कामदारहरु धेरै भएको मुलुक युएईमा कोरोना भाइरस संक्रमण बढिरहेको छ । जसले गर्दा त्यहा रहेका नेपालीहरु जोखिममा छन् ।

यूएइमा अहिलेसम्म ११ जना नेपाली कोरोना संक्रमित भएका छन् । त्यसमध्ये दुई जना निको भएर डिस्चार्ज भइसकेका छन् । यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ युएईका युवराज शेख महोम्मद विन जायद अल नह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिरहेका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा युवराजसँग जिज्ञासा राखेको जानकारी आफ्नो ट्विटर र फेसबुकबाट जानकारी दिनुभएको छ । प्रधानमन्त्रीसँग कुराकानीमा त्यहाँका युवराजले नेपालीहरु इमान्दार र परिश्रमी रहेको बताउनु्भएको छ ।

उनीहरुले युएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु, ढुक्क रहनुहोस् नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं,’ युवराजको भनाइ उदृत गर्दै प्रधानमन्त्रीले ओलीले सामाजिक संजालमा भन्नु भएको छ ।