जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार ०८:५२

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली


काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनुहुनेछ ।

प्रधानमन्त्री ओलीले मंगलबार  बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गर्नुभएको थियो । कोरोना कारण मुलुकमा लकडाउन गरिएसँगै सरकारले प्रत्यक्ष असर पुर्‍याएकाहरुलाई राहतको प्याकेजको पनि घोषणा गरेको छ ।