जनता टाइम्स

२५ चैत्र २०७६, मंगलवार १२:४५

कार्यभार सम्हाल्दै गभर्नर अधिकारीले गर्नुभयो महत्वपूर्ण निर्णय


काठमाडौं, चैत २५

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी आज पदभार ग्रहण गर्नुभएको छ । सर्बोच्च अदालतमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा समक्ष पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर अधिकारीले राष्ट्र बैंक पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

उहालाई स्वागत गर्न डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ सहित केन्द्रीय बैंकका उच्च कर्मचारी उपस्थित हुनुहुन्थ्यो । पदभार ग्रहण गर्दै उहाले कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभाव र आवश्यक नीतिगत प्रकृयाको बारेमा अध्ययान गर्न समिति गठन गर्ने निर्णय गर्नुभएको छ ।