जनता टाइम्स

२७ चैत्र २०७६, बिहीबार ०७:१५

कोभिड–१९ : संक्रमितको संख्या १५ लाख १३ हजार नाघ्यो , ३ लाख बढि निको (कहा कति सूचिसहित)


 

काठमाडौं, चैत २७ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान संक्रमित हुनेको संख्या १५ लाख १३ हजार २४३ पुगेको छ ।
विहिवार छ बजे सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ३ पुगेको छ भने ३ लाख २९ हजार ७ सय ३१ जना निको भएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १४ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १४ हजार ७३६पुगेको छ । एकै दिन २९ हजार ८७५नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या ४ लाख ३० हजार २१० पुगेको छ । अहिलेसम्म अमेरिकामा करिब २२ हजार ३ सय संक्रमित निको भइसकेका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुको दावी छ ।

सूचिसहित