जनता टाइम्स

३० चैत्र २०७६, आईतवार १६:४८

कोरोना कोषमा पर्वतारोहण संघको पाँच लाख सहयोग


काठमाडौं, चैत ३० । कोरोना भाइरस (कोभिड–१९) माहामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । संघले आज सो रकमको चेक हस्तान्तरण गरेको हो ।

सहयोग रकमको चेक संघका अध्यक्ष सन्तबीर लामाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गर्नुभयो । संघले प्रदान गरेको सहयोगप्रति धन्यवाद दिनुहुँदै सचिव गुरागाईले कोरोना भाइरसको माहामारीको रोकथाम, नियत्रण र उपचारमा संघबाट प्राप्त रकमबाट सकरात्मक सहयोग पुग्ने बताउँनु भयो ।

सो अवसरमा संघका अध्यक्ष लामाले संघबाट प्रदान गरिएको सहयोगबाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका बिपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामगीहरुका निम्ति सहयोग पुग्ने बिश्वाश ब्यक्त गर्नुभयो । संघले बिगतमा पनि यस प्रकारका बिपद्को समयमा सामाजिक उत्तरदायित्व सम्झी सहयोग गर्दै आइरहेको जानकारी दिँदै अध्यक्ष लामाले कोरोना भाइरसको माहामारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परिरहेको बताउनु भयो ।

त्यसअ वसरमा संघका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने र सचिवालय सदस्य शिवबहादुर सापकोटाको सहभागिता रहेको थियो ।