जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार ०९:१६

अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश


अमेरिका, जेठ ५ । विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ उपबिजेता बन्न सफल हुनुभएको छ । पोखरेलले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गर्नुभएको हो ।

अमेरिकामा नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो। पाँच जनाबीच भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट हुनुभयो । तर फाइनलमा दिवेश सामसँग पछि पर्नुभएको हो ।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो। पोखरेल सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका आउनुभएको थियो । उहाँ संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भएको छ। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि पोखरेल अमेरिका आउनु भएको थियो ।