काठमाडौं, जेठ १५ । सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको आजको बैठकमा पेश गर्नुभएको आगामी आर्थिक बर्षको बजेटमा यस्तो घोषणा गर्नुभएको हो । अर्थमन्त्री खतिवडाले स्वास्थ्य मन्त्रालयको बजेट बढाउँदै स्वास्थ्य मन्त्रालयको बजेट बढ्यो, ९० अर्व ६९ करोड रुपैया बिनियोजन गरिएको जानकारी दिनुभयो ।
यी हुन स्वास्थ्यमा बजेट
स्वास्थ्य मन्त्रालयको बजेट बढ्यो, ९० अर्व ६९ करोड रुपैया बिनियोजन ।
तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट
सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापना ।
स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बिनियोजन
३ सय शय्याको सरुवारोग अस्पताल । सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल
सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा
तीन वर्षभित्र सबैको स्वास्थ्य विमा । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने । यो कार्यक्रमका लागि ७ अर्ब बिनियोजन ।
आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने ।
केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने
स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड ।
प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने ।
https://www.facebook.com/jantatimes/videos/552698982108171/
प्रतिक्रिया दिनुहोस्