जनता टाइम्स

२६ असार २०७७, शुक्रबार १६:२६

११८ जनामा कोरोना संक्रमण पुष्टि : कुल संख्या १६६४९ पुग्यो, घर फर्किए १२०


काठमाडौं, असार २६

पछिल्लो २४ घण्टामा नेपालमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा गरिएको ४ हजार ८ सय ६ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उहाँका अनुसार २४ घण्टामा १ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८ हजार ११ जना पुगेको छ ।