काठमाडौं, असार २७
कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका तीनसहित अहिलेसम्म ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । काठमाडौं शंखमुलका एकजना पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा २६ गते मृत्यु भएको छ ।
त्यस्तै सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको पनि पाटन अस्पतालमै उपचारका क्रममा २५ गते ज्यान गएको छ । काठमाडौं गोकर्णेश्वरका ५४ वर्षीय पुरुषको भने काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्