जनता टाइम्स

२७ असार २०७७, शनिबार १८:१९

औषधीबिनै नेपालमा ५० प्रतिशत बढी संक्रमितले जिते कोरोनासँगको लडाईं : यस्तो छ कारण


काठमाडौं, असार २७ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइर (कोभिड १९) लाई बिना औषधी तातोपानी र घरेलु औषधीकै भरमा ५० प्रतिशत नेपालीले जितेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कुल संक्रमितमध्ये ५० प्रतिशत भन्दा बढीले कोरोना भाइरससँगको लडाई जितेका हुन ।

स्वास्थ्य प्रवक्ता प्राडा जागेश्व्र गौतमले दिनुभएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताउनु भयो । नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये आजसम्म ३८ जनाको मृत्यु भएको छ । पछिल्लो समय नेपालमा कोरोना परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या निकै कम आउन थालेको छ ।

कोरोना भाइरसको औषधी हालसम् मबनेको छैन । नेपालमा कोराना संक्रमण भएकामध्ये ९९ दशमलव ७ प्रतिशतमा लक्षणसमेत नदेखिएको मन्त्रालयले यसअघि नै जानकारी गराइसकेको छ । औषधी नभए पनि घरेलु औषधीका रुपमा तातोपानी, बेसार पानीलगायतका औषधीका भरमा नेपालीले कोरोना जितेका हुन । संक्रमण मुक्त भएका अधिकांश ब्यक्तिले आफूहरुले उच्च मनोवल र तातोपानीकै भरमा कोरानासँगको लगाई जितेको बताएका छन ।