जनता टाइम्स

२८ असार २०७७, आईतवार १६:२३

२४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि : कुल संख्या १६८०१पुग्यो


काठमाडौं, असार २९

पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा गरिएको ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४७ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको जम्मा संख्या ८ हजार ५८९ जना पुगेको छ । देशभरका क्वारेन्टाइनमा २३ हजार ७८४ जना रहेको उहाँले बताउनुभयो । आइसोलेसनमा ८ हजार १७४ जना रहेका छन् ।