जनता टाइम्स

२९ असार २०७७, सोमबार १६:२४

१४४ जनामा कोरोना संक्रमण पुष्टि : कुल संख्या १६९४५ पुग्यो


काठमाडौं, असार २९

पछिल्लो २४ घण्टामा नेपालमा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा गरिएको ५ हजार ८५६ जनाको रियल टाइम पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १ हजार ७०५ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको जम्मा संख्या १० हजार २ सय ९४ जना डिस्चार्ज भएका छन् ।