जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार १३:५७

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो


काठमाडौं, साउन २

नेपालमा कोरोना संक्रमणकै कारण थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

अस्पतालमा उपचाररत सप्तरी राजविराज नगरपालिकाका–११ का रामकृष्ण दासको बिहीबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । संक्रमण पुष्टि पछि उनी बिहीबार दिउँसो प्रतिष्ठानमा भर्ना भएका थिए ।