काठमाडौं, साउन २
पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित प्रेस विफ्रिङमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा ४ हजार ६८८ जनाको रियल टाइम पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई २८५ जना डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा डिस्चार्ज हुनेको जम्मा संख्या ११ हजार ५३४ जना डिस्चार्ज भएका छन् । यो संख्यालाई हेर्दा हालसम्म ६६.१२ प्रतिशत डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या २२ हजार ७५६ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ८७१ जना रहेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्