जनता टाइम्स

३ श्रावण २०७७, शनिबार १६:२८

६६% बढी संक्रमितले जिते कोरोनासँगको लडाईं, २४ घण्टामा डिष्चार्ज भए १०३, थपिए ५७ संक्रमित


काठमाडौं, साउन ३ । नेपालमा ६६ प्रतिशत भन्दा बढी संक्रमितले कोरोनासँगको लडाई जितेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज दिनुभएको जानकारी अनुसार शनिवारसम्म कुल संक्रमितमध्ये ११ हजार ६ सय ३१ जना डिष्चार्ज भएका छन । जुन ६६ प्रतिशत १२ प्रतिशत हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३ जना कोरोना जितरे डिष्चार्ज भएका छन ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन । योसँगै कुल संक्रमित संख्या १७५०२ पुगेको छ । गौतमका अनुसार अव ५८२५ जना मात्रै कोरोना संक्रमित रहेका छन ।