जनता टाइम्स

४ श्रावण २०७७, आईतवार १६:२७

६६.२४ प्रतिशत डिस्चार्ज भएसँगै अब नेपालमा ५९६३ मात्रै संक्रमित, आज थपिए १५६, ५८ डिस्चार्ज


काठमाडौं, साउन ४

हाल नेपालमा ५८२५ जना मात्रै कोरोना संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा उक्त संख्यामा कोरोना संक्रमित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित प्रेस विफ्रिङमा पछिल्लो २४ घण्टामा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा ३ हजार ७४१ जनाको रियल टाइम पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ५८ जना डिस्चार्ज भएका छन् ।

प्रवक्ता प्रा.डा. गौतमले आज दिनुभएको जानकारी अनुसार आजसम्म कुल संक्रमितमध्ये ११ हजार ६९५ जना डिष्चार्ज भएका छन । नेपालमा ६६.२४ प्रतिशत संक्रमितले कोरोनासँगको लडाई जितेका छन । हाल क्वारेन्टाइनमा रहेको संख्या २२ हजार ६६२ जना रहेका छन् । आज संक्रिया संख्या ५९२३ रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।