जनता टाइम्स

५ श्रावण २०७७, सोमबार २१:३०

भदौ १ बाट हवाई उडान खुल्ला गर्ने निर्णय : पर्यटन मन्त्रालयलाई प्रोटोकल बनाउने जिम्मेवारी


काठमाडौं, साउन ५ । पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खुल्ला हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिनुभएको जानकारी अनुसार आवश्यक सचेतना अपनाई हवाई उडान सुचारु गर्ने निर्णय हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक बन्द गरेको थियो ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिएको छ।