जनता टाइम्स

७ श्रावण २०७७, बुधबार १६:२५

२४ घण्टामा थपिए १०० संक्रमित, डिष्चार्ज भए २०७


काठमाडौं, साउन ७

नेपालमा पछिल्लो २४ घण्टामा १०० जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज दिनुभएको जानकारी अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८९९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०७ जनाले कोरोना जितेर डिष्चार्ज हुनुभएको छ । कुल संक्रमितमध्ये कोरोनालाई जितेर १२ हजार ६८४ जना घर फर्किनुभएको हो । गौतमका अनुसार पछिल्लो २४ घण्टामा २८ ओटा प्रयोगशालामा ३ हजार ७७९ जनाको पिसिआर बिधिबाट परीक्षण भएको थियो ।

हाल क्वारेन्टाइनमा २० हजार ८४२ जना रहेका छन् । कोरोनाको सक्रिय संख्या ५ हजार ३७० जना रहेका छन् । त्यसैगरी देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।