काठमाडौं, साउन ८ । जल तथा मौसम विज्ञान विभागले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गद आज दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । बिभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि प्रदेश १ र प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख गर्दै विभागले सावधानी अपनाउन आग्रह गरेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।
बिभागले आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सचेत रहन भनेको हो । बिभागका अनुसार सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहूँ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलबस्तु र आसपासका क्षेत्रमा मध्यम बर्षा मापन भएको छ । ती स्थानका साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । आज र भोली कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा पनि आकस्मिक बहाव हुन सक्ने विभागले जनाएको छ ।
त्यसैगरी आजदेखि तीन दिनसम्म नारायणी र यसका सहायक नदीमा बहाव केहि बढ्ने, अन्य सबै प्रमूख र मझौला नदीको जलसतह केहि घटबढ हुने र सतर्कता बिन्दुभन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन ८ गते (आज बिहीबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साउन ९ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
साउन १० गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ
राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्