जनता टाइम्स

८ श्रावण २०७७, बिहीबार १४:०५

त्रिविका स्थगित परीक्षा भदौ ७ बाट (सूचनासहित)


काठमाडौं, साउन ८

त्रिभवुन विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित भएको परीक्षा भदौको दोस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरेको छ । लकडाउन खुलेसँगै त्रिविले परीक्षाको तालिकाहरु धमाधम सार्वजनिक गर्न थालेको हो ।

विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा तालिका सार्वजनिक गरेको छ । संस्थानको ६ चैतबाट रोकिएको स्नातकोत्तर तहको परीक्षा यहि ७ भदौबाट हुने जनाएको छ । त्यस्तै स्नातक तहको परीक्षा पनि १५ भदौबाट सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको छ ।

संस्थानका डीनको कार्यालयका निमित्त डीन प्रा.डा. सुशिलबहादुर बज्राचार्यले परीक्षा सम्बन्धित सम्पूर्ण जानकारी तथा परीक्षा तालिका १५ साउनभित्र प्रकाशित गरिने जानकारी दिनुभयो । ६ गतेबाट लकडाउन अन्त्यको घोषणा गरेसँगै त्रिविले ७ साउनबाट सम्पूर्ण क्याम्पस खोल्न निर्देशन दिएको थियो । सोही बमोजिम त्रिवि अन्तर्गत देशभरका क्याम्पसहरू सञ्चालनमा आएका छन् ।

स्थगित भएका परीक्षा दशैं अगाडि नै गर्नेगरी तयारी भइरहेको छ । देशभरका ११ वटा विश्वविद्यालयहरूमा ५ लाख ३८ हजार विद्यार्थी अध्ययनरत छन् ।