जनता टाइम्स

८ श्रावण २०७७, बिहीबार १६:२९

लकडाउनको अत्यलगत्तै उपत्यकाका तीनै जिल्लासहित देशभर थपिए १४७ जना नयाँ कोरोना संक्रमित


काठमाडौं, साउन ८ । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले आज आयोजित नियमित कोभिड–१९ अपडेटमार्फत पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरसहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार आज थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या ५३५८ रहेका छन । यस्तै आजसम्म १२ हजार ८ सय ४० जना कोरोना जितेर डिष्चार्ज भएका छन । प्राडा गौतमका अनुसार आजसम्म प्रदेश १ मा ७६० जना, प्रदेश २ बाट २८४३ जना, बागमतिबाट ४५८, गण्डकीबाट १०९५, प्रदेश ५ बाट ३८६८, कर्णालीबाट १५८३ र सुदुरपश्चिम प्रदेशबाट २२३३ जनाले कोरोना जितेका हुन ।