जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार ०७:१२

कोरोना अपडेट : विश्वभर १ करोड ५६ लाखभन्दा बढी संक्रमित, ९५ लाख ३४ हजार ४३३ जना निको


काठमाडौं,  साउन ९ । विश्वभर १ करोड ५६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रवार एकै दिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहानसम्ममा विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ५० हजार ९०४ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ३६ हजार ३६६ पुगेको छ ।

शुक्रबारसम्म निको हुनेको संख्या ९५ लाख ३४ हजार ४३३ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५०७ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार १५ जना संक्रमित भएकोमा १६ लाख ३६ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ३ हजार ९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४८ लाख ७८ हजार ३०५ पुगेको छ । त्यसमध्ये २४ लाख २१ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८५ हजार ९३९ जनाको मृत्यु भएको छ । ३६ लाख ७५ हजार १०८ जना संक्रमित भएकोमा २६ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २९ हजार १३२ जनाको मृत्यु भएको छ । ३५ लाख ४३ हजार ५९१ जना संक्रमित भएकोमा २३ लाख ७८ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ७५६ जनाको ज्यान गएको छ भने ७ लाख ९१ हजार ९६८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ४९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५५ जनाको मृत्यु भएको छ । १४ हजार ९९८ जना संक्रमित भएकोमा १० हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।