जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार १६:२८

काठमाडौंमा १० सहित देशभर थपिए १३३ संक्रमित, डिष्चार्ज भए १०७


काठमाडौं, साउन ९

नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज दिनुभएको जानकारी अनुसार देशभर १३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा २८ ओटा प्रयोगशालामा ३ हजार ९८७ जनाको पिसिआर बिधिबाट परीक्षण भएको थियो । हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । पछिल्लो २४ घण्टामा काडमाडौं १० जना कोरोना संक्रमित थपिएको प्रवक्ता जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १०७ जनाले कोरोना जितेर डिष्चार्ज हुनुभएको छ ।हालसम्म डिस्चार्ज हुनेको संख्या १२९४७ जना पुगेको छ । देशभर कोरोना भाइरस संक्रमणको सक्रिय संख्या ५ हजार ३८३ जना रहेका छन् । क्वारेन्टाइनमा रहनुभएको हालको संख्या १९ हजार ४४४ जना हुनुहुन्छ । त्यसैगरी वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको मृत्यु भएसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।