काठमाडौं, साउन ११ । पछिल्लो २४ घण्टामा काठमाडौंका ८ सहित १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ८ जनासहित १३० जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित कूल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । मन्त्रालयले मुलुकभर सक्रिय संक्रमित ५ हजार ४ सय ४० जना रहेको जानकारी दिएको छ । जसमध्ये प्रदेश १ मा १ सय ८६ जना, प्रदेश २ मा १ हजार ८ सय ७३ जना, बागमती प्रदेशका ४ सय ४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५ का ३ सय ५८ जना, कर्णाली प्रदेशमा ३ सय ६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना संक्रमित रहेका छन ।
पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना जितेर घर फर्किएको जानकारी पनि प्रवक्ता गौतमले दिनुभएको छ । योसहित कोरोना जित्नेको संख्या १३ हजार १ सय २८ पुगेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९०३ पुगेको छ भने आइसोलेसनमा ५ हजार ४ सय ४० जनाको उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्