बीरगञ्ज, साउन १२ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आईतबार राती अबेर आएको रिर्पोटमा ८ स्वास्थ्यकर्मी सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज स्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्ध, ८ स्वास्थ्यकर्मी सहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षिय कर्मचारी, गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत ३४ वर्षिय कर्मचारी , एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी त्यस्तैगरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिन रहेका २३ तथा २८ वर्षिय महिला स्वास्थ्यकर्मी र ३७,४२,४५ वर्षिय पुरुष स्वास्थ्यकर्मी रहेका छन् । अन्य नयाँ फेला परेका संक्रमितहरुमा वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिका त्यस्तैगरी वीरगञ्ज–१४ का ३० वर्षीय, गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ श्रीपुरका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुष रहेका छन् ।
यस्तै वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुष त्यस्तैगरी पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा रहेका पाँच जना स्वास्थ्यकर्मी , पर्सागढी–३ का ३५ वर्षीयसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लामा यसअघि २ सय ४२ जना संक्रमति फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको छ । वीरगञ्ज स्थित नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डक आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत र अधिकांशमा कोरोना संक्रमणका लक्षण समेत रहेको अस्पतालले जनाएको छ । ४ जना आइसीयुमा छन् । आइसोलेसन नहुँदा २८ जना संक्रमित घरमै रहेका थिए भने आईतबार पुष्टि भएका १८ जना पनि आईसोलेसनमा ल्याई सकिएको छैन ।
सिद्धार्थ माबिमा रहेको प्रि आईसोलेश मा लक्षण नदेखिएका संक्रमित राख्ने गरी तयारी गरिएको र आज साझसम्म सबै संक्रमितहरुलाई सिद्धार्थ माबि र गण्डक स्थित कोभिड अस्पतालमा राखेर उपचार सुरु गरिसकिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनुभएको छ ।
पर्सागढी नगरपालिकाका सवै स्वास्थ्य केन्द्र बन्द
एउटा स्वास्थ्य केन्द्र र चारवटा स्वास्थ्य चौकी रहेको पर्साको पर्सागढी नगरपालिकाका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आईतबारदेखि स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो । स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरूको स्वाब स्ंकलन गरी र रिपोर्ट नआउञ्जेल स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो । बिरुवागुठी, हरपुर, पचरुखी, बागेश्वरी तित्रौना, बागवन्ना स्वास्थ्य चौकीका ४० जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको र सोको परीक्षण रिपोर्ट नआईञ्जेल सेवा बन्द गर्नुपरेको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र पञ्जियारले बताउनु भयो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको परीक्षण रिपोर्ट नआउन्जेल सेवा बन्द गरिएको र रिपोर्ट आएपछि सेवा सुचारु हुने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्