जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १४:५६

मणिपाल अस्पताल पोखराका चिकित्सकमा कोरोना पुष्टि


पोखरा, साउन १२

कास्की जिल्लाको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालका आवासीय चिकित्सकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एमडी पहिलो वर्षमा अध्ययनरत मेडिकल वार्डमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण देखिएको हो ।

आइतबार क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा परीक्षणका लागि पठाइएको स्वाब संकलनको रिपोर्ट सोमबार बिहान पोजेटिभ आएको हो । संक्रमित डाक्टरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ। निर्देशनालयले पोखरामा एक जना पुरुष र एक जना महिला गरी दुई जनामा संक्रमण देखिएको जनाएको छ ।