जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १६:३१

कोरोनाको उच्च जोखिममा देखियो काठमाडौं उपत्यका : २४ घण्टामा थपिए ५३ जना संक्रमित


काठमाडौं, साउन १३

पछिल्लो २४ घण्टामा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै काठमाडौं उपत्यकामा ५३ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका १ जना गरि ५३ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले देशका २८ वटा प्रयोगशालामा ५ हजार ३२ गरिएको परीक्षणमा ३११ जनामा कोरोना संक्रमण भएको पनि बताउनुभयो । कोरोना संक्रमणको कूल संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएसँगै कोरोना जित्नेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।