जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १४:५१

स्वास्थ्य मन्त्रालयले पठायो कडा परिपत्र : सरकारी अस्पतालका चिकित्सकमाथि लाग्यो यस्तो प्रतिबिन्ध


काठमाडौं, साउन १४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्था व्यवस्थाको कार्यान्वयनको सुरुवात गरेको छ । मन्त्रालयले आफू अन्तर्गतका विभाग, केन्द्र, महाशाखा, परिषद, प्रतिष्ठान तथा संघ, प्रदेश र स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा संस्थाको प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्टिस नगर्न परिपत्र गरेको छ ।

साउन ९ मा बसेको मन्त्रीस्तरीय बैठक अनुसार सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफू कार्यरत सरकारी संस्थाको नाम निजि क्लिनिक तथा अस्पतालहरूमा नाम लेख्नसमेत नपाउने भएका छन् । सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट कार्यकमको बुंदा न.३४ मा एक चिकित्सक/एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ’ भनि उल्लेख गरेबमोजिम सो व्यवस्थाको कार्यान्वयनको थालनी गरिएको मन्त्रालयले जनाएको छ ।