जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १७:३७

कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका : २४ घण्टामा थप १४ जनालाई कोरोना संक्रमण पुष्टि


काठमाडौं, साउन १४

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका १४ र भक्तपुरका १ सहित देशभर २१० जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

डा. गौतमका अनुसार हाल देशभर ५ हजार १२९ जना सक्रिय संक्रमित रहेका छन् । आज २१० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४६ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको संख्या १४ हजार २१ पुगेको छ ।