जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १६:४०

काठमाडौंसहित देशभर थपिए २७४ कोरोना संक्रमित


काठमाडौं, साउन १५ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जना कोरोना संक्रमित थपिएका हुन । संक्रमित हुनेमा काठमाडौंका ४१ जना रहेका छन भने ललितपुरका २ र भक्तपुरका २ जना रहेका छन ।

प्रवक्ता गौतमका अनुसार अनुसार पछिल्लो २४ घण्टामा २ सय २७ जना कोरोना जितेर डिष्चार्ज भएका छन । योसँगै डिष्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । गौतमका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ जना रहेका छन ।