जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार २०:१६

काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा परेपछि गृहले चाल्यो कठोर कदम (विज्ञप्तीसहित)


काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा परेपछि सरकारले उपत्यका प्रवेशमा कडाईसहित कठोर कदम चालेको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाउँदै कठोर कदम चालेको हो ।

सरकारले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आजै रातिबाट लागु हुने गरी साँझ सात बजेदेखी विहान सात बजेसम्म प्रवेशमा रोक लगाएको हो ।