जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १३:५४

काठमाडौं उपत्यकामा थप १८ प्रहरीमा कोरोना पुष्टि : देशभर ३ सय २२ पुगे कोरोना संक्रमित प्रहरी


काठमाडौं, साउन १६ । काठमाडौं उपत्यकाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहान मात्र थप १८ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव संकलन गरप् परीक्षण गदाए थप १८ जनामा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । प्रवक्ता कडायतका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ७२ र उपत्यका बाहिर २ सय ५० गरी ३ सय २२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएकामध्ये १०१ जना कोरोना जितेर घर फर्किएका छन । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। लकडाउन खुलेसँगै उपत्यकामा कोरोना संक्रमित बढदा प्रहरीमा पनि ह्वात्तै बढेका हुन ।