जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १६:३०

काठमाडौं उपत्यकासहित देशभर २४ घण्टामा थपिए २२४ संक्रमित, १५१ डिस्चार्ज, जम्मा संख्या १९७७१ पुग्यो


काठमाडौं, साउन १६

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित नेपालमा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका २८ वटा प्रयोगशालामा १० हजार ७६८ सय गरिएको परीक्षणमा २२४ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो । कोरोना संक्रमणको सक्रिया संख्या ५ हजार ३१६ जना रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थपिएकासहित कूल संक्रमितको संख्या १९ हजार ७७१ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसहित कोरोना जित्नेको संख्या १४ हजार ३९९ पुगेको छ । जम्मा संक्रमितमा यो संख्यामा डिस्चार्ज हुने यो ७२.८ प्रतिशत हो । हालसम्म देशभर १२ हजार १११ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट सक्रिय संक्रमित संख्या ५ हजार ३१६ रहेका छन । जसमध्ये प्रदेश १ मा २२२, प्रदेश २ मा २०३४, बागमित प्रदशमा ५७२, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सदुरपश्चिम प्रदेशमा १४८३ जना संक्रमित उपचाररत रहेका छन ।